रगतको साङ्केतिक तस्बिर

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले माघ महिनामा २ सय ८८ युनिट रगत संकलन गरेको छ । एक महिनामा ९ वटा संस्थाले रक्तदान कर्यक्रम सञ्चालन गरेर रगत संकलन गरिएको रक्तसञ्चार केद्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभयो ।

संकलन भएको मध्ये दुई सय २१ युनिट रगत वितरण भइसकेको बताउ“दै रक्तसञ्चार केन्द्रमै आएर १३ जनाले रक्तदान गरेको दाहालले बताउनुभयो । केन्द्रमा ओ पोजेटिभ र बी पोजेटिभको रगत कमी रहेको छ भने एबी पोजेटिभको रगत प्रर्याप्त मात्रामा रहेको छ । केन्द्रमा एबी रगत धेरैमात्रामा भएकाले रगत संकलन बन्द गरी रक्तदान गर्न लागि आउने मानिसलाई फर्काउनुपर्ने अबस्था रहेको उहा“को भनाई छ । ओ र बी पोजेटिभ रगतका लागि फोन गरेर बोलाउनु परेको केन्द्र प्रमुख दाहालले जानकारी दिनुभयो ।