Home मुख्य समाचार इस्टु नगरमा मिश्र, जिल्लामा रिमाल, प्रदेशमा बर्तौला

इस्टु नगरमा मिश्र, जिल्लामा रिमाल, प्रदेशमा बर्तौला

हेटौंडाः संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले शनिबार हेटौंडामा पालिका, जिल्ला र प्रदेशको अधिवेशन एकसाथ आयोजना गरेको छ । शनिबार हेटौंडामा सम्पन्न अधिवेशनबाट नगर अध्यक्षमा नवीन मिश्र, जिल्ला अध्यक्षमा रामशरण रिजाल र प्रदेश अध्यक्षमा सुदीप बर्तौला निर्वाचित हुनुभएको छ ।

इस्टु हेटौंडा उपमहानगर समितिको उपाध्यक्षमा विधान आचार्य र उमाकुमारी जर्गा, सचिवमा विकेश तामाङ, सहसचिवमा गोपाल घिमिरे, कोषाध्यक्षमा धिरज लामा चयन हुनुभएको छ । सदस्यमा युवराज बिश्वकर्मा, नवीन परियार, श्रीराम तिमल्सिना र दिपेश अधिकारी चयन हुनुभएको छ । इस्टु मकवानपुरमा रामशरण रिजालको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा समीर ढकाल, उपाध्यक्षमा शुभद्रा सापकोटा, निर्माण गजुरेल, सचिवमा दिपेश लामिछाने, सहसचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा दिप्ती महत चयन हुनुभएको छ । सदस्यमा प्रदीप धिताल, मनोज कुमार मिश्र, राकेश ठाकुर लोहार, समता विडारी र विशाल घिमिरे चयन हुनुभएको छ ।

यस्तै प्रदेश समितिमा मकवानपुरका सुदीप बर्तौलाको अध्यक्षतामा उपाध्यक्ष शोभा बास्तोला पंगेनी (चितवन), शंकर पौडेल (काठमाडौं), नारायण चालिसे (काठमाडौं), विष्णु आले (ललितपुर), सचिव सिएम रिमाल (मकवानपुर), सहसचिवमा कृष्णप्रसाद गौतम (काठमाडौं), कोषाध्यक्षमा शिक्षाराज अधिकारी (चितवन) निर्वाचित हुनुभएको छ । प्रदेश समितिको सदस्यमा स्वर्णलाल गुरुङ, सुचित कुमार ठाकुर, सरोज श्रेष्ठ, नारायण चापागाई, महेश कुमार श्रेष्ठ, नवराज धरेल, पुरुषोत्तम खनाल, विमला शाह, प्रल्हाद गिरी, पूण्यशिला श्रेष्ठ, बुद्ध सापकोटा, शोभा न्यौपाने र धनन्जय जोशी चयन हुनुभएको छ ।

यसअघि बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन समारोहमा इस्टु आवद्ध शिक्षक, कर्मचारी, सहयोगी, पत्रकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा इस्टुको राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापाको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version