हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको छैठौं अधिवेशनबाट अध्यक्षमा नारायणलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा ६२ मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि उहाँ कार्यबाहक अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । अध्यक्षका अर्का आकांक्षी विष्णु थापाले ५८ मत प्राप्त गर्नुभयो ।
संघको उपाध्यक्षमा संघर्ष गुरुङ ७७ मतसहित विजयी हुँदा सगुन गुरुङ ४३ मतसहित पराजित हुनुभयो । महासचिवमा भरत कार्की ८५ मतसहित निर्वाचित हुँदा डीएन साह ३५ मतसहित पराजित हुनुभयो । सचिवमा यादव अर्याल ७५ मतसहित विजयी हुँदा विजय साह ४४ मतसहित पराजित हुनुभयो । कोषाध्यक्षमा सलामसिंह लामा ७४ मतसहित निर्वाचित हुँदा सुशान्त लामा ४६ मतसहित पराजित हुनुभयो । उप–कोषाध्यक्षमा किशन गुप्ता ६९ मतसहित विजयी हुँदा रामु दराई ५० मतसहित पराजित हुनुभयो ।
सदस्यमा कृष्णहरि न्यौपाने, अनिष सुवेदी र निलम वैद्य निर्वाचित हुनुभएको छ । निर्वाचनअघि संघका कार्यवाहक अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो ।











