विद्यार्थीलाई पुरस्कृत गरिँदै।


हेटौंडा: हेटौंडा–५, गर्दोइस्थित लक्ष्मी आधारभूत विद्यालयको १९औं अभिभावक भेला शुक्रबार भएको छ। विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो।

अभिभावक भेलाको अवसरमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको छ। अभिभावक भेलामा शिक्षकलाई पनि सम्मान गरिएको थियो । अभिभावक भेलामा वडा अध्यक्ष सुशील घिमिरे, वडा सदस्यहरु ज्ञानु थापा मगर, रामबहादुर राई, सञ्जिता सिलवाल, भगवती विश्वकर्माको पनि उपस्थिति रहेको थियो । अभिभावक भेलामा विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका थिए ।

अभिभावक भेलामा प्रधानाध्यापक रामहरि मैनालीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ३१० जना विद्यार्थी अध्ययनरत छन्। अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिनेछ।