हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।
बिहीबार राती ११ बजेर ४० मिनेटको समयमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६, खैरधारीका ४० वर्षीय नरमान घिसिङको घरको भान्सा कोठाबाट लागुऔषध अफिम १ केजी बरामद गरेको प्रहरीले जनाएको छ । नरमानलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











