हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, तीनताप्केमा चित्तल र मोटरसाइकल ठोक्किएको छ । एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार दुईजना र चित्तल घाइते भएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको यामाहा कम्पनिको एफजेड अनटेस्ट मोटरसाइकल र चित्तल आज साँझ साढे ७ बजे ठोक्किएको हो ।
मोटरसाइकल चालक मनहरी–७, रमौलीका २९ वर्षीय रमेश राई र उनकी श्रीमति २२ वर्षीया सुस्मिता राई घाइते भएका छन् । घाइते सुस्मिताको हेटौंडास्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ भने रमेशको उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकृत सुजन पाठकले जानकारी दिनुभयो । घाइते चित्तललाई डिभिजन वन कार्यालय मकवानपुर पठाइएको सूचना अधिकृत पाठकले बताउनुभयो ।
मोटरसाइकलमा ठोक्किएर घाइते भएको चित्तल ।