हेटौंडाः नेपाली काँग्रेस मकवानपुर जिल्ला समितिले पार्टीका संस्थापक सूवर्ण शमशेर राणालाई सम्झेको छ । राणाको ११२ औं जन्मजयन्तीका दिन बुधबार उहाँप्रति श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । हेटौंडा–२ स्थित पार्टी जिल्ला कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महत लगायत पार्टीका नेता कार्यकर्ताहरुले राणाको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए । सचिव महतले नेता कार्यकर्ताहरुलाई संस्थापक राणाको बारेमा चर्चा गर्नुभयो । सचिव महतले संस्थापक राणा राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेको बताउनुभयो । राणा नेपालको २० औं प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो ।