हेटौंडाः विभिन्न पेशामा रहेका व्यक्तिहरुको संगठन पेशागत महासंघ नेपालको मकवानपुर जिल्ला समितिको अध्यक्षमा श्रीराम दाहाल चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको पाँचौं जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा दाहाल नेतृत्वको समिति गठन भएको हो ।
महासंघको उपाध्यक्षमा सम्झना शाही र सञ्जीव सुवेदी, सचिवमा किशोर पराजुली, सहसचिवमा हरि खड्का, कोषाध्यक्षमा प्रमिला पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यमा रामकुमार बर्तौला, श्याम पौडेल, विवेक कार्की, सुरेश कुमार स्याङ्बो, प्रमिला केसी, सुजन खतिवडा र लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा अकुरप्रसाद गौतम र सृजना पाठक चयन हुनुभएको सचिव किशोर पराजुलीले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन समारोह महासंघका निवर्तमान अध्यक्ष बरुणकुमार साहको अध्यक्षता तथा नेकपा एमालेका पोलिट्व्युरो सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यमा भएको थियो । निर्वाचन समितिमा भोजराज ढकाल, लक्ष्मी गजुरेल र हेम पाठक रहनुभएको थियो ।