Home अर्थ/व्यापार हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला, भिन्डी...

हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला, भिन्डी सस्तियो

हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ । लकडाउनका कारण होटल, रेष्टुरेन्ट बन्द हुँदा भेँडे खुर्सानीको खपत कम भएसँगै बजारमूल्यमा कमि आएको व्यवसायी गोविन्द दाहालले बताउनुभयो । हिजो शनिबार प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको भेँडे खुर्सानी आज २५ रुपैयाँमा कारोबार भएको छ । हिजोको तुलना आज बजारमा बढी तरकारी आएको र विक्री पनि सन्तोषजनक भएको व्यवसायी दाहालले बताउनुभयो ।

हिजो प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको बोडी आज ४५ रुपैयाँमा कारोबार भएको छ । यस्तै करेला ६० रुपैयाँबाट ५५ रुपैयाँमा कारोबार भएको छ भने भिन्डी ७० रुपैयाँबाट घटेर ५५ रुपैयाँमा विक्री भएको छ । आज काउलीको मूल्यमा पनि केही कमि आएको छ । हिजो प्रतिकेजी २० रुपैयाँमा कारोबार भएको काउली आज १२ रुपैयाँदेखि १५ रुपैयाँमा कारोबार भएको छ । हिजो बजारमा मटरकोसा आएकै थिएन भने आज पनि कम आएको र प्रतिकेजी ५५ रुपैयाँमा कारोबार भएको छ ।

हरियो फर्सी हिजो प्रतिकेजी २० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँमा कारोबार भएको छ । रायोगको साग प्रतिमुठा हिजो २० रुपैयाँमा कारोबार भएको थियो भने आज १५ रुपैयाँमा कारोबार भएको छ । च्याउ प्रतिकेजी ११० रुपैयाँमा कारोबार भएको छ भने रुख कटहर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ ।

Exit mobile version