Home समाज लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको अध्यक्षमा पुष्पा भट्ट

लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको अध्यक्षमा पुष्पा भट्ट

पुष्पा भट्ट

हेटौंडाः लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको अध्यक्षमा पुष्पा भट्ट चयन हुनुभएको छ । सन् २०१० मा स्थापना भएको क्लबको संस्थापक सदस्य भट्टलाई वर्ष २०२० का लागि अध्यक्ष चयन गरेको हो । सामाजिक सेवाको कार्य गर्ने लायन्स क्लब अन्तर्राष्ट्रिय स्वयमसेवी संस्था हो । महिला मात्रै सदस्य भएको लायन्स क्लब अफ भुटनदेवी मकवानपुर जिल्लाकै पहिलो क्लब हो ।

क्लबको प्रथम उपाध्यक्षमा गायत्री श्रेष्ठ, द्वितीय उपाध्यक्षमा निलम देवकोटा, तृतीय उपाध्यक्षमा सृजना मरासिनी चयन हुनुभएको छ । यस्तै सचिवमा सञ्जीता सिग्देल, कोषाध्यक्षमा निर्मला पराजुली चयन हुनुभएको छ । क्लबका पूर्वअध्यक्षहरु सबै सल्लाहकारको भूमिका रहनुभएको छ ।

Exit mobile version