हेटौंडाः राजतन्त्र पुनःस्थापनको माग गर्दै हेटौंडामा मोटरसाइकल र्याली निकालिएको छ । राजावादी वीर गोर्खाली समूह मकवानपुरले मंगलबार दिउँसो हेटौंडाको हुप्रचौरबाट र्याली सुरु गरेको हो ।
राजावादी वीर गोर्खाली समूहले आयोजना गरेको र्याली सिमाचोकामा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा “हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष, प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्, गणतन्त्र धोका हो, मेचि–काली हल्ला छ राजा ल्याउने सल्लाह छ” भन्दै नारा लगाएका थिए ।
कार्यक्रममा वीर गोर्खाली समूह मकवानपुर जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठको नेतृत्वमा वीर गोर्खाली मकवानपुर सहसंयोजक विवेक विक्रम शाह, वरिष्ठ सल्लाहकार संजोग श्रेष्ठ लगायत नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।











