गुगल तस्वीर ।

हेटौंडाः लकडाउनको ४० औं दिनमा आज जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा १० जना अभियुक्त थुनामा छन् । विभिन्न घटनामा संलग्न भएको अभियोगमा १० जना अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकृत सुजन पाठकले जानकारी दिनुभयो ।

विभिन्न अभियोगमा एक सय २० जनासम्म हिरासतमा राखेको मकवानपुर प्रहरीले लकडाउनका बेला जिल्लामा आपराधिक घटना न्यून भएसँगै हिरासत कक्षमा अभियुक्तको संख्या कम भएको जनाएको छ । सामान्य अवस्थामा ७० देखि ९० जनासम्म हिरासत कक्षमा रहने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भन्दै हिरासत कक्षमा थुनुवाको संख्या कम गर्ने सरकारी रणनीति समेत रहेको छ ।