हेटौंडाः हेटौंडा–११, डाङ्डुङ्गेस्थित सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेको छ । हेटौडा–११ निवासी विविका पराजुली र हेटौंडा–२ निवासी रोशिका उप्रेतीको जन्मदिनमा मामाघरलाई खाद्यान्न सहयोग गरेको हो ।

आइतबार पराजुलीले मामाघरमै पुगेर चामल एक बोरा, दाल ३ किलोग्राम, नुन ३ किलोग्राम, फ्रुटि एक कार्टुन, बेसार र मसला एक किलोग्राम, फुरनदाना २ प्याकेट, तेल २ लिटर, बिस्कुट २ प्याकेट सहयोग गर्नुभयो । शनिबार जन्मदिनकै अवसरमा उप्रेतीले पनि चामल एक बोरा, आलु ५० किलो मामाघर नेपाललाई सहयोग गर्नुभएको थियो । यसैगरी प्याज एक बोरा, दाल ५ किलो, चाउचाउ एक कार्टुन, भुजा एक किलो, दालमोठ ४ प्याकेट, चिउरा ५ किलो र बिस्कुट ५ प्याकेट सहयोग गरिएको छ ।

यस्तै, शिवरात्रिको अवसरमा परेर हेटौंडा–११ का युवाहरुको समुहले मामाघर नेपाललाई शनिबार खाद्यान्न सहयोग गरेको छ । युवाहरुको समुहले चामल २ बोरा, तेल एक कार्टुन, चिउरा एक बोरा, चाउचाउ २ कार्टुन, दाल ५ किलो, गेडागुडी ६ किलो, नुन ५ प्याकेट, कापीकलम एक बण्डल र पिठो १० किलो सहयोग गरिएको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।