हेटौंडाः हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीको अभिभावक दिवस सुरु भएको छ । आइतबार र सोमबार दुई दिन हुने अभिभावक दिवसमा विद्यार्थीले नृत्य, गायन कला प्रस्तुत गर्नेछन् ।
विद्यालयकी प्रिन्सिपल प्रतिभा डंगोलको अध्यक्षता तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो ।
१० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ५ सय ८० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले शिक्षकको क्षमता अभिवृद्धि तथा विद्यार्थीलाई सिर्जनशील बनाउन विद्यालयले आवश्यक कार्य गरिरहेको प्रिन्सिपल प्रतिभा डंगोलले जानकारी दिनुभएको छ । अभिभावक दिवसमा सहभागी हुन आएका अभिभावकसँग विद्यालयले सन्तुष्टीको अवस्थाबारे सर्वेक्षण समेत गरेको छ ।











