हेटौंडाः बाँके र रुपन्देहीमा दुईजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केहीबेर अघि विज्ञप्ति जारी गर्दै मन्त्रालयले थप दुईजनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको जनाएको छ । संक्रमित मध्ये १६ जना निको भइसकेका छन् ।

आज रुपन्देहीका २५ वर्षीय पुरुष र बाँकेका ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।