सांकेतिक तस्विर ।

हेटौंडाः हेटौंडा–१८, मानेडाँडामा लागुऔषध सेवन गरी छिमेकीलाई कुटपिट गर्ने २५ वर्षीय सुमन गोम्बालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती १० बजेर ५० मिनेटको समयमा लागुऔषध सेवन गरी सुमनले ३० वर्षीय बुद्ध लामालाई कुटपिट गरी घाईते बनाएका थिए ।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी टोलीले सुमन गोम्बालाई नियन्त्रणमा लिई खानतलासी गर्दा लागुऔषध नाइट्राभेट २४ ट्याबलेट फेला पारेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । कुटपिटबाट घाइते बुद्ध लामालाई सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।