फाइल तस्वीर ।

हेटौंडाः पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने आजको खेलमा सातदोबाटो क्लब र मनाङमस्र्याङ्दी बीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो क्लब र मनाङमस्र्याङ्दीबीचको खेल दिउँसो ३ बजेर ३० मिनेटमा सुरु हुनेछ । आजको विजयी टिमले क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । सिमराको नवजागृति युवा क्लबलाई २–० गोलअन्तरले हराउँदै मकवानपुरले विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । प्रतियोगितामा उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।