हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा आज आइतबार रक्तदान कार्यक्रम भएको छ । उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा २३ जना पुरुष र ८ जना महिला गरी जम्मा ३१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको हो । रक्तदान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, लगायतले समेत रक्तदान गरेको हो ।
हेटौंडा उपमहागरपालिकाले स्थापना दिवसलाई भव्य रुपमा मनाउनका लागि नगर प्रमुख मीना कुमारी लामाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । हेटौंडा उपमहानगरपालिकाले ५४ औं स्थापना दिवस सम्पन्न गर्न माघ २५ गतेदेखि सप्ताहव्यापी कार्यक्रम गरेको हो ।