हेटौंडाः नेपाल शिक्षक संघ मकवानपुरको नयाँ समिति सर्वसम्मत निर्वाचित भएको छ । शनिबार बिहान सम्पन्न निर्वाचन प्रक्रियाबाट हेटौंडा–२ स्थित सिद्धार्थ माविका द्वितीय श्रेणीका निमावि अंग्रेजी विषय शिक्षक गणेशप्रसाद हुमागाईको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

नवौं अधिवेशनबाट ४ वर्षे कार्यकालका लागि उपाध्ययक्षमा उमा कोइराला र केशवप्रसाद देवकोटा, सचिबमा श्रीराम लुइँटेल र धनबहादुर लामा सह–सचिबमा राजु रेग्मी, निर्मला तिमल्सिना, सुभद्रा लम्साल, मोहनराज लामा र देवेन्द्रप्रसाद यादव चयन हुनुभएको छ ।

सदस्यमा तीर्थमाया कोइराला, लक्ष्मी शिवाकोटी, रुपा कुमारी दाहाल, धनन्जय प्रसाद यादव, ध्रुवराज बिष्ट, गणेश धिताल र श्रीबहादुर राई चयन हुनुभएको छ । संघीय प्रतिनिधिमा श्वेता कोइराला, सुभद्रा अधिकारी, रामकुमार अधिकारी, राजु गौतम, राजेश घिमिरे र शम्भुप्रसाद बर्तौला चयन हुनुभएको छ । यस्तै प्रदेश प्रतिनिधिमा सकुन्तला कुमारी ब्लोन, इन्दिरा लुइँटेल, रामसागर गुरागाईँ, ज्ञानेन्द्र बर्तौला, रेवतीरमण पहाडी र माधवप्रसाद गौतम चयन हुनुभएको छ । नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा शुक्रबार उद्घाटन कार्यक्रम भएको थियो ।