हेटौंडाः मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा बिहे भोज खाएर घर फर्कने क्रममा एकजनाको भीरबाट लडेर मृत्यु भएको छ । शुक्रबार राती ११ बजेको समयमा इन्द्रसरोवर गाउँपालिका–२, डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
छिमेकीको बिहेमा सहभागी भई घर फर्किने क्रममा भीरबाट करिब ४० मिटर तल खसी मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि शुक्रबार राती नै साढे १ बजे प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।