सडकको अनुगमन गर्दै ।

हेटौंडाः प्रतिनिधिसभामा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले चित्लाङ–चन्द्रागिरी–थानकोट सडकको अनुगमन गर्नुभएको छ । आज बिहीबार सडक विभागका महानिर्देशक अर्जुन जंग थापा लगायत बिभागका अन्य प्राबिधिक कर्मचारीसहित अनुगमन गरिएको हो ।

सडक काठमाडौंदेखि हेटौंडा, सिमरा र बिरगंजसम्मका यात्रुलाई छोटो र सहज पहुँचको मार्ग भएको बताउनुभयो । उहाँले यो सडकले साँस्कृतिक तथा पर्यटकीय महत्व बोकेको धारणा राख्नुभयो । मकवानपुरको उत्तरी भेगको जनजिविकामा प्रत्यक्ष लाभ पुग्ने भएकोले सडकको स्तरिकरण तथा पुर्ण कालोपत्रे हुनुपर्नेमा सांसद बर्तौलाको जोड दिनभयो । सांसद बर्तौलाले स्थानीय समितीसँग छलफल गर्दै मकवानपुरका उत्तरी क्षेत्रका नागरिकहरुमा सडकले प्रत्यक्ष फाईदा पुर्याएको भन्दै पर्यटन विकास तथा आर्थिक विकासमा फाईदा पुगेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सडकलाई पुर्ण ब्यवस्थित बनाउने मुख्य प्राथमिकतामा रहेको बताउनुभयो ।

चित्लाङ–चन्द्रगिरि–थानकोट सडकको सुरुवाती पोईन्ट मानिएको चनिवन ब्यारेकबाट काठमाडौंको थानकोट प्रहरी चेक पोष्टसम्म जम्मा १८ किलोमिटर दुरीको सडक रहेको छ । यस्तै, चित्लाङ फेदीबाट थानकोट १२ किलोमिटर मात्रै रहेको छ । सडक सरोकार समितीको प्रतिनिधि बुद्धरत्न मानन्धरका अनुसार समितीको १७ महिनाको मिहेनतबाट बाटो सुधार भएर सचारु भएको हो । सडक विभागका महाप्रवन्धक थापाले सडकको केहि खण्डहरु सुधार गर्नुपर्ने, केहि भागहरुमा कटिङ गर्नु पर्ने, नाला व्यवस्थापन तथा कालो पत्रे अबको प्रमुख काम रहेकोले समन्वय गरेर काम गर्ने जानकारी दिनुभयो ।