कैलाश गाउँपालिकाको भवन ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता र उपाध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाकै आयोजनामा फुटबल प्रतियोगिता फागुन २७ गतेदेखि ३० गतेसम्म नामटारमा र भलिबल प्रतियोगिता फागुन २० गतेदेखि २२ गतेसम्म कालिकाटारमा हुने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट १/१ वटा टीमले सहभागिता जनाउने छन् ।

‘गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिएको छ । यहाँ थुप्रै राम्रो फुटबल, भलिबलका खेलाडीहरु हुनुहुन्छ’, मुक्तानले भन्नुभयो, ‘उहाँहरुको वृत्तिविकासमा मद्दत पुगोस् र पहिचान मिलोस् भनेर हामीले यो प्रतियोगिता राखेका हौं ।’ शिल्ड र पुरस्कार राशीको सम्बन्धमा निर्णय गर्न खेलकुद समितिलाई निर्देशन दिइएको अध्यक्ष मुक्तानले बताउनुभएको छ ।