बाघको आक्रमणबाट घाइते मैती बयलकोटी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीमा बाघको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । बुधबार दिनको ४ बजेको समयमा हेटौंडा–१८, हर्नामाडीको रामधुनीमा जंगलछेउ घाँस काट्न जानुभएकी ५५ वर्षीया मैती बयलकोटीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट बयलकोटीको गाला, ओँठ र ढाडमा चोट लागेको छ । घाइते बयलकोटीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ । केहीदिन देखि हर्नामाडी क्षेत्रमा बाघले स्थानीयको बाख्रा र बंगुर खाइदिएको थियो । प्रहरीले घटनाबारे वन कार्यालयलाई जानकारी गराइदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।