हेटौंडाः हेटौंडा–१० टिसिएसन चौरमा सोमबार सम्पन्न १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा फाइनलमा पुगेका पाँचजना प्रतिस्पर्धीलाई उछिन्दै दीपेश श्रेष्ठले उपाधि हात पारेका छन् । आइतबार भएको फाइनलका आफ्नो गायन प्रस्तुती दिनुहुँदै उहाँले हेटौंडा आइडलको उपाधि प्राप्त गर्नुभएको हो ।
आइडलको फष्ट रनरफ सुशन शाही ठकुरी भएका छन् भने सेकेन्ड रनरअप प्रेमलाल बैठा भएका छन् । उनीहरुले निर्णायकको मुल्याकंन, टिकट र एसएमएसबाट प्राप्तभएको भोटिङको आधारमा विजेता बनेका हुन् । प्रतियोगितामा अनिता मोक्तानले चौथो स्थान र सुस्मिता श्रेष्ठ पाँचौ स्थान हासिल गरेका छन् । आइडल बनेका दीपेश श्रेष्ठले नगदतीस हजार, ट्रफीसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन्, । त्यस्तै, सुशन शाही ठकुरीले बीस हजार नगद, ट्रफीसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् भने प्रेमलाल बैठाले नगद दश हजारसहित ट्रफी विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।
हेटौंडा आइडलको प्रायोजकमा हेटौंडामा रहेको लक्की ज्वेलर्स रहेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एवम् उवासंघका कार्यसमिति सदस्यअंकिता सुमार्गीले बताइन् । आइडल बनेका श्रेष्ठलाई बोन ट्राभल्स एण्ड टुर्सको तर्फबाट माउन्टेन फ्लाइटको सुविधा स्वरुप पुरस्कार दिइएको छ । आइडलका निर्णायकमा विजयकार्की, ईश्वर खड्का र कृष्ण गोपाल सिंह रहनुभएको छ । आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।