अभिभावक भेलाको अवसरमा विद्यार्थीलाई पुरस्कृत गरिँदै ।

हेटौंडाः हेटौंडा–१२, पदमपोखरीको बुद्ध माध्यमिक विद्यालयको अध्यक्षमा चन्द्रबहादुर घलान चयन हुनुभएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा भएको ५८ औं अभिभावक भेला तथा २० औं अधिवेशनबाट घलानको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन भएको हो ।

समितिका सदस्यहरुमा वडा जनप्रतिनिधितर्फ वडा अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, अभिभावकतर्फबाट भक्तलाल घलान, सीता उप्रेती, मिथुन तितुङ, प्रमिला थापा, कृष्णमाया लामा चयन हुनुभएको छ । समितिको शिक्षक प्रतिनिधि सदस्यमा गोदेश्वरी थापा र सदस्य सचिवमा प्रधानाध्यापक किसन थापा चयन हुनुभएको छ ।

नवगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ।

अभिभावक भेला तथा अधिवेशनमा विद्यालयको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थिलाई पुरस्कृत गरिएको थियो । त्यस्तै २०७८ सालको एसईई परीक्षाको उत्कृष्ट विद्यार्थी सलिना घलानलाई हरिलाल स्मृति प्रतिष्ठानबाट नगद ५ हजार रुपैया“सहित सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यसिद्धि लामाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा सम्पन्न अभिभावक भेला तथा अधिवेशनमा महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठ, शिक्षक, अभिभावक, विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।