हेटौंडाः रिद्धिसिद्धि सिमेन्ट लिमिटेड हेटौंडाको आयोजनामा राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा एक दिने स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ । शिविरमा १ सय ८९ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
एक दिवसीय शिविरमा जनरल फिजिसियन, बाल रोग, महिला रोग, हाडजोर्नी तथा नसा, छाला रोगको परिक्षण तथा औसधि वितरण समेत गरिएको थियो । शिविर राक्सिराङ गाउँपालिकाको समन्वय तथा कलेज अफ मेडिकल साईन्स (पुरानो मेडिकल कलेज)को प्राविधिक सहयोगमा भएको हो । कार्यक्रम राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष संजय कोईरालाको सभाध्यक्षता तथा रिद्धिसिद्धि सिमेन्ट लिमिटेड हेटौंडाका सिईओ गुण बहादुर खनालको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा कलेज अफ मेडिकल कलेजका मेनेजर दुर्गा न्यौपाने, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, रिद्धिसिद्धि सिमेन्ट लिमिटेडका खानी प्रमुख गणेश कुमार सिंह, प्रशासन प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरु प्रसाद घिमिरे, समाजसेवी सम्राट तुम्वाहाम्फे लगायतको उपस्थिति रहेको थियो ।