पदस्थापनाको क्रममा सन् २०२३ का अध्यक्ष प्रेम गोङ्वा तामाङलाई सपथ गराउनुहुँदै सन् २०२२ का अध्यक्ष तेजप्रसाद उप्रेती ।

हेटौंडाः जेसीआई बस्तीपुर हाँडीखोलाको अध्यक्षमा प्रेम गोङ्वा तामाङ पदस्थापित हुनुभएको छ । मंगलबार एक समारोहका बीच प्रेमलाई सन् २०२३ का लागि अध्यक्षमा पदस्थापित गरिएको हो । निर्वाचन आयुक्त राजेश भेटवालले निर्वाचनको परिणामअनुसार पदस्थापनका लागि सहजीकरण गर्नुभएको थियो ।

सन् २०२२ का अध्यक्ष तेजप्रसाद उप्रेती (रमेश) ले सन् २०२३ का लागि अध्यक्ष निर्वाचित प्रेम गोङ्वा तामाङलाई सपथ गराउनुभयो भने पूर्वअध्यक्षहरुले अध्यक्षको माला रमेशको गलाबाट प्रेमको गलामा पहि¥याइदिनुभएको थियो । पदस्थापनापछि प्रेमले जेसीआई बस्तीपुर हाँडीखोलामार्फत समुदायमा उल्लेखनीय कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैबीच सन् २०२३ का लागि अध्यक्षमा पदस्थापित प्रेमले महासचिवमा कृष्ण यादव, कोषाध्यक्षमा अमृत पाठक र कानुनी सल्लाहकारमा सन्तोष उप्रेतीलाई मनोनित गर्नुभएको छ । केहीदिन अघि सम्पन्न १२ औं अधिवेशनबाट प्रेमको नेतृत्वमा कार्यकारिणी उपाध्यक्षमा सन्तोष उप्रेती र शिवराज उप्रेती, उपाध्यक्षमा सन्दीप पाठक, सुरज बर्तौला, राम गिरी र हरे हटुवाल निर्वाचित हुनुभएको थियो ।

संघीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यकाल पूरा हुँदै गर्दा रमेशले बस्तीपुरका ज्येष्ठ अगुवा, आफ्ना सहयोगीलाई सम्मान तथा मायाको चिनो वितरण गर्नुभयो । कार्यक्रममा जेसीआई बस्तीपुर हाँडीखोलाका संस्थापक अध्यक्ष गणेश भेटवाल, पूर्वअध्यक्ष राममणि बर्तौला तथा जेसीआईका विभिन्न शाखा अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।