हेटौंडाः ७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा सञ्चारकर्मी तथा सरोकारवालाहरुसँग अन्तरक्रिया भएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा आइतबार कार्यक्रम भएको हो । कार्यक्रममा नेपालमा कुष्ठरोगको अवस्था, लक्षण र बच्ने उपायहरुमा छलफल भएको थियो ।
नेपालमा हाल पत्ता लागेको कुष्ठरोगी बिरामी २ हजार २ सय ८५ रहेको डा. नरेन्द्रकुमार झाले बताउनुभयो । सबैभन्दा धेरै कुष्ठरोगी मधेश प्रदेश रहेको जानकारी गराउनुहुँदै सबैभन्दा कम कुष्ठरोगी बागमती प्रदेशमा रहेको झाले बताउनुभयो । कुष्ठरोगी श्वासप्रश्वासबाट मात्र सर्ने र यदि कसैमा कुष्ठरोगी भए औषधी सेवनले सतप्रतिश्त रोकथाम हुने उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा. रोशन ढकालले कुष्ठरोगी ग्रामीण क्षेत्रमा धेरै हुने जसका लागि राज्यका सरोकारवालाहरुले चेतनामुलक कार्यक्रमहरुमा जोड दिनुपर्ने बताउनुभयो । कुष्ठरोग बिरामीको उपचारको लागि लालगढ, काठमाण्डौंमा उपचार केन्द्र रहेको उहाँले बताउनुभयो ।