जनपक्षीय पत्रकारिता र वर्तमान अवस्था विषयक अन्तरक्रियामा सहभागी अतिथिहरु ।

हेटौंडाः नेकपा माओवादी निकट प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसमा जनपक्षीय पत्रकारिता र वर्तमान अवस्था विषयक अन्तरक्रिया भएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा बोल्नुहुँदै बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले समाज निर्माणका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो । मुलुकमा स्थायित्व कायम र समृद्ध बनाउन जनपक्षीय पत्रकारिता आवश्यक रहेको उहाँको भनाई छ । प्रेस सेन्टर नेपाल मकवानपुर शाखाकी अध्यक्ष अञ्जली थापाले जनताको पक्षमा कलम चलाउने उद्देश्यले प्रेस सेन्टर स्थापना भएको बताउनुभयो । अहिलेको पत्रकारिता जनपक्षीय नभएको उहाँले दावी गर्नुभयो । यस्तै वरिष्ठ पत्रकार प्रताव विष्टले अहिलेको पत्रकारिता जनपक्ष हुन नसकिरहेको स्वीकार गर्नुभएको छ ।

पत्रकारिता आवाजबिहिनहरुको आवाज हुनुपर्ने उहाँको भनाई छ । अहिले केही पत्रकारहरुले आफ्नो जीवन र पेशालाई पैसासँग तुलना गर्दा सामान्य जनताको आवाजलाई समाचार लेख्न नसकिरहेको उहाँले बताउनुभयो । हिजो आफुहरुले पत्रकारिता गर्दा पैसामा नभई परिवर्तनमा विश्वास गरेर पत्रकारिता गरेको उहाँले स्मरण गर्नुभयो ।