हेटौंडाः हेटौंडा उपमहानगरपाालिका वडा नम्बर १८ रामधुनी चोकमा बेहोस अवस्थामा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार सोही स्थानको मानेडाँडा बस्ने अन्दाजी ६० वर्षीया बिजुला परियार आफ्नै घरबाट अन्दाजी ५ सय मिटर उत्तर बेहोस अवस्था भेटिएकी थिईन् ।
परियार रामधुनी चोक बस्ने नवराज खतिवडाको घर पिढिँमा बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटना स्थलमा पुगेर उपचारको लागि हेटौंडा अस्पताल पठाएको थियो । उनको बिहान १० बजेर १५ मिनेटको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
बेहोसको कारण नखुलेको र पहिलादेखि नै परियार दमको बिरामी भन्ने बुझिएको प्रहरीले जनाएको छ । उनको शरीरमा घाउचोट केही पनि नरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले उल्लेख गरेको छ ।