हेटौंडाः हेटौंडा–१, भैरवडाँडास्थित भैरव आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
सोमबार संघका अध्यक्ष नेत्रप्रसाद खतिवडाको नेतृत्वमा व्यवसायीको एक समूह विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेको हो । यसअघि गत पुस २८ गते नै न्यानो कपडा वितरण गर्ने तयारी गरिए पनि विद्यालयमा विदा भएकाले सोमबार मात्रै न्यानो कपडा वितरण गरिएको हो । ५ कक्षासम्म पढाइ हुने भैरव आधारभूत विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत छन् । यसअघि पुस २७ गते संघले भीमफेदी गाउँपालिकाका ५ वटा विद्यालयमा एकैदिन न्यानो कपडा वितरण गरिएको थियो ।