हेटौंडाः नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय गरेको छ । बृहत शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
१ सय १० सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ । सत्ता साझेदार दलसँग बहुमत रहेको छ ।











