Home मुख्य समाचार मनहरीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मनहरीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बागमती प्रदेश ०३–००३ प ५५४२ नम्बरको स्कुटर चालक चितवन जिल्लाको खैरेनी नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय सुकराज बर्तौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा मनहरीबाट सुनाचुरीतर्फ गइरहेको ना ३ त २३६८ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३००३ प ५५४२ नम्बरको स्कुटर ठोकिँदा स्कुटर चालक बर्तौला गम्भीर घाइते भएका थिए । ट्याक्टरको ठक्करबाट बर्तौलाको टाउको र बाँया खुट्टामा चोट लागेको थियो । गम्भीर घाइते बर्र्तौलालाई उपचारका लागि भरतपुर पठाइएकोमा १ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा छ ।

Exit mobile version