Home खेलकुद बागमती गोल्डकपः मछिन्द्रलाई हराउँदै एपिएफ क्वाटरफाइनलमा प्रवेश

बागमती गोल्डकपः मछिन्द्रलाई हराउँदै एपिएफ क्वाटरफाइनलमा प्रवेश

तस्बीरः आशिष तामाङ ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौं बागमती गोल्डकप फुटबलमा मछिन्द्र क्लबलाई हराउँदै नेपाल एपिएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बागमती–८, फापरबारीस्थित जनता माविको खेल मैदानमा बुधबार भएको खेलमा मछिन्द्रलाई १–० गोलले हराउँदै एपिएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

एपिएफले आत्मघाति गोल उपहार पाएको हो । खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्रिकिक प्रहार मछिन्द्रका खेलाडीसँग लागेर गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच लामा घोषित भए । प्रतियोगिता अन्र्तगत बिहिबारको खेलमा सेमिफाइनल प्रवेशका लागि हिमालयण शेर्पा क्लब र भुटनिज युथ स्पोर्टबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Exit mobile version