Home मुख्य समाचार थप चार स्थानमा हात धुने स्टेशन स्थापना

थप चार स्थानमा हात धुने स्टेशन स्थापना

हेटौंडा औद्योगिक क्षेत्र अगाडि स्थापना गरिएको हात धुने स्टेशनको उद्घाटन गरेर हात धुनु हुँदै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल ।

हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अग्रसरतामा हेटौंडाका थप चार स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुर अगाडि, जिल्ला प्रहरी कार्यालय अगाडि, हेटौंडा औद्योगिक क्षेत्रको गेट र हुप्रचौरस्थित खेलकुद विकास समिति अगाडि हात धुने स्टेशन स्थापना गरिएको छ । फलामबाट समेत कोरोना भाइरसको संक्रमण हुन सक्ने भनिएपछि हेटौंडामै खुट्टाले थिचेर धारा खोल्न मिल्ने गरी धारा तयार पारिएको छ ।

यसअघि लायन्स क्लबले हेटौंडाको बुद्धचोक, बसपार्क, हेटौंडा अस्पताल र मानसचोकमा हात धुने स्टेशन स्थापना गरिएको थियो । करिब २ लाख रुपैयाँ लागतमा लायन्स क्लबले ८ स्थानमा हात धुने स्टेशन स्थापना गरिएको नकर्मीले जानकारी दिनुभयो । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का फस्ट डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीका अनुसार लायन्स क्लबकै सदस्यहरुको साथ र सहयोगमा हात धुने स्टेशन स्थापना गरिएको जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न लायन्स क्लबले सार्वजनिक स्थानमा हात धुने स्टेशन स्थापना गरेको हो । हात धुने स्टेशनलाई निरन्तर व्यवस्थित रुपमा राखिने पनि उहाँले बताउनुभएको छ । हात धुने स्टेशनका लागि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले निशूल्क रुपमा पानी उपलब्ध गराएको छ ।

Exit mobile version