Home मुख्य समाचार बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको नियुक्ति पत्र लिँदै शाकिलराम जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्य शालिकराम जमकट्टेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभा सदस्य जमकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नियुक्ति पत्र ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आज सोमबार अन्तिम दिन तोक्नु भएको थियो जसमा ७० प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेशसभा सदस्य जमकट्टेलले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । सांसद जमकट्टेलले बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा तथा कानुन मन्त्री र आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पनि सम्हालिसक्नु भएको छ ।

Exit mobile version