हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको लेखा सम्बन्धि तालिम सुरु भएको छ । सोमबारदेखि क्याम्पसको सभाहलमा लेखा सम्बन्धि तालिम सुरु भएको हो । लेखा तालिममा लेखा सम्बन्धि आधारभुत ज्ञानको प्रशिक्षण दिइने छ ।
लेखा तालिम करिब ४२ दिनसम्म सञ्चालन हुने हेटौंडा क्याम्पसका वित्तिय तथा बजार शास्त्र संकायका प्रमुख तथा प्रशिक्षक लिलानाथ ढुङ्गेलले बताउनुभयो । त्यस्तै, लेखा तालिमको पहिलो दिन सोमबार ढुङ्गेलले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको छ । तालिममा अन्य प्रशिक्षकको रुपमा प्रकाश ढुङ्गाना, राजेन्द्र ढुङ्गाना, मेगराज फुयाँल, भुपेन्द्र कोइराला, राम कुमार बर्तौला, अंकित अर्याल, दिनेश बिडारी रहेका छन् ।
तालिमको सुरुवात सोमबार हेटौंडा क्याम्पसको सहायक प्रमुख सञ्जय कुमार बस्नेतको सभाध्यक्षतामा भएको थियो । प्रशिक्षणमा स्नातक तहका ६० जना विद्यार्थीको सहभागिता रहेको छ । लेखा प्रशिक्षणको समापन कार्यक्रम फागुन २३ गते हुनेछ ।
