क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरु ।

हेटौंडाः मकवानपुर जिल्लाको मनहरी बहुमुखी क्याम्पसको अध्यक्षमा ओमबहादुर घलान चयन हुनु भएको छ । शनिबार भएको क्याम्पसको सभाले क्याम्पस व्यबस्थापन समितिको अध्यक्षमा घलानलाई सर्वसम्मत चयन गरेको हो । घलान बागमती प्रदेशको निवर्तमान प्रदेशसभा सदस्य समेत हुनुहुन्छ ।

त्यस्तै समितिको सदस्यहरुमा नवराज सुवेदी, प्रकाश बर्तौला, मातृका ढुंगाना, हेमलाल उप्रेती, विनोद सुवेदी, जयराम अर्याल र ज्योति सुवेदी चयन भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै घलानले क्याम्पसको समितिका सम्पुर्ण पधाकिारी, कर्मचारी, अभिभावक, विद्यार्थीसँग मिलेर काम गरी क्याम्पसलाई गुणस्तरीय शिक्षाको रुपमा चिनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शनिबार गठन भएको समितिको पहिलो बैठक आइतबार बस्ने घलानले जानकारी दिनुभयो । बैठकमा विशेष गरी क्याम्पसको शिक्षालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो ।