हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ९ खखरंगामा बसको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका छन् । शनिबार साँझ ५ बजेको समयमा पूर्व–पश्चिम सडक खण्डमा मनहरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३५ प ४९१४ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको ना ५ ख ५४०६ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाईकल चालक हेटौंडा १९ बस्तिपुर बस्ने २३ वर्षीयको बुद्धलाल बोम्जन घाईते भएका छन् । उनको दाहिने खुट्टाको पैतला,दुबै हातमा सामान्य चोट लागेको प्रहरीले उल्लेख गरेको छ । घाईतेको उपचारको लागि चुरेहिल अस्पताल पठाएको र मोटरसाईकल, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।











