लागूपदार्थ ओसारपसार र दुर्व्यसनको समस्या जटिल बनिरहेको छ । लागूपदार्थको समस्या देशव्यापी भए पनि मकवानपुर जिल्ला पनि लागूपदार्थ उत्पादन, बिक्री वितरण, ओसारपसार र सेवनका हिसाबले अग्रस्थानमा नै आउने गरेको छ । हेटौंडाबाट दिनहुँजस्तो लागूपदार्थ ओसारपसार गर्ने व्यक्तिहरु पक्राउ परिरहेका हुन्छन् । लागूपदार्थ ओसारपसार तथा बिक्रीवितरण गर्नेहरुका लागि हेटौंडा मुख्य मार्ग बनिरहेको छ । भारतीय बजारबाट बीरगञ्ज नाका हुँदै भित्रिएका लागूऔषध हेटौंडा हुँदै राजधानी काठमाडौं तथा देशका अन्य भागमा बिक्रीवितरणका लागि लगिने गरेका कारण हेटौंडामा लागूपदार्थसहित मानिसहरु पक्राउ पर्ने क्रम बढ्दै गएको मान्न सकिन्छ । मकवानपुर जिल्लामै उत्पादन भइरहेका गाँजा तथा अफिमजस्ता लागूपदार्थ पनि हेटौंडा हुँदै भारतीय बजारमा बिक्रीका लागि जाने गरेको छ । यस्तै, काठमाडौं तथा देशका अन्य भागबाट कतिपय लागूपदार्थहरु हेटौंडा हुँदै भारतीय बजारमा पुर्याइने गरिएको पाइन्छ ।
कानुनीरुपमा वर्जित लागूऔषधको कारोबार गर्ने व्यक्तिहरुलाई प्रहरीले चेकजाँचको क्रममा र विशेष सुराकीका आधारमा पक्राउ गर्ने गर्दछ । अधिकांश लागूऔषधको कारोबारीलाई सुराकीको आधारमा पक्राउ गर्ने गरिन्छ । कुनै व्यक्तिमाथि शंका लागेर गरिने चेकजाँचको क्रममा पनि केही लागूपदार्थ बरामद हुने गरेको छ । प्रहरीले लागूऔषध नियन्त्रणका लागि सक्रिय भएर काम गरिरहेको भए पनि दिनहुँ लागूऔषधसहित मानिसहरु पक्राउ पर्नुले लागूऔषधको कारोबार फस्टाइरहेको प्रष्ट हुन्छ । लागूऔषध नियन्त्रणका लागि सामान्य चेकजाँच र कारबाहीमात्र नभएर प्रहरीले विशेष प्रकारका अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता बनिरहेको छ । विश्वभर नै चिन्ताजनकरुपमा रहेको लागूऔषध दुरुपयोगको समस्या समाधानमा नेपालले प्रभावकारी काम गरेर विश्वका लागि उदाहरण बन्न सक्नुपर्छ ।
विश्वका ५ प्रतिशत जनसंख्या लागूऔषध दुर्व्यसनमा फसेका छन् । लागूऔषधको दुर्व्यसनमा फसेकाहरु अधिकांश किशोरावस्थाका र युवाहरु छन् । युवा पुस्ता लागूऔषध दुर्व्यसनमा फस्नु भनेको देशको जनशक्ति कमजोर बन्नु हो । युवाहरु कुलतमा फस्दा यसले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक सबै क्षेत्रको विकासमा नकारात्मक असर पार्दछ । लागूऔषध दुर्व्यसनमा परेकाहरुको आफ्नो जीवन बर्बाद हुनेमात्र नभई उनीहरुका परिवार, आफन्त, समाज, देश र विश्व नै यसबाट प्रभावित हुन्छ । लागूऔषध दुर्व्यसनकै कारण समाजमा आपराधिक क्रियाकलापहरुमा वृद्धि हुँदै गएको छ । यो समस्या बढ्दै जाँदा समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न कठिनाई हुने गरेको छ । लागूऔषध दुर्व्यसन र त्यसले पार्ने चौतर्फी प्रभावका बारेमा राज्य र समुदायका अगुवाहरुले बुझ्नु आवश्यक छ । लागूऔषध दुर्व्यसनको नकारात्मक प्रभावका बारेमा विद्यार्थी र युवा पुस्ता पनि सचेत बन्नुपर्छ । आम अभिभावकसमेतको सक्रियतामा लागूऔषध
विश्वका ५ प्रतिशत जनसंख्या लागूऔषध दुर्व्यसनमा फसेका छन् । लागूऔषधको दुर्व्यसनमा फसेकाहरु अधिकांश किशोरावस्थाका र युवाहरु छन् । युवा पुस्ता लागूऔषध दुर्व्यसनमा फस्नु भनेको देशको जनशक्ति कमजोर बन्नु हो । युवाहरु कुलतमा फस्दा यसले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक सबै क्षेत्रको विकासमा नकारात्मक असर पार्दछ । लागूऔषध दुर्व्यसनमा परेकाहरुको आफ्नो जीवन बर्बाद हुनेमात्र नभई उनीहरुका परिवार, आफन्त, समाज, देश र विश्व नै यसबाट प्रभावित हुन्छ । लागूऔषध दुर्व्यसनकै कारण समाजमा आपराधिक क्रियाकलापहरुमा वृद्धि हुँदै गएको छ । यो समस्या बढ्दै जाँदा समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न कठिनाई हुने गरेको छ । लागूऔषध दुर्व्यसन र त्यसले पार्ने चौतर्फी प्रभावका बारेमा राज्य र समुदायका अगुवाहरुले बुझ्नु आवश्यक छ । लागूऔषध दुर्व्यसनको नकारात्मक प्रभावका बारेमा विद्यार्थी र युवा पुस्ता पनि सचेत बन्नुपर्छ । आम अभिभावकसमेतको सक्रियतामा लागूऔषध दुर्व्यसन को समस्या न्यूनीकरण गर्न सकिन्छ ।
लागूऔषध नियन्त्रणमा कानुनी उपायमात्रै प्रभावकारी हुन नसक्ने भएकाले राज्यले यसको दीर्घकालीन समाधानका लागि विशेष नीति बनाएर तथा कार्ययोजना तयार पार्नुपर्छ । स्कूले विद्यार्थीहरु नै लागूऔषध दुर्व्यसनमा फस्ने सम्भावनालाई कम गर्न उच्च सतर्कता र सचेतना आवश्यक देखिन्छ । लागूऔषध दुर्व्यसनविरुद्ध विद्यालयका विद्यार्थीलाई सचेतना र शिक्षकहरुलाई उत्प्रेरणा दिन सकिन्छ । लागूऔषध दुर्व्यसनमा परेकाहरु अधिकांश अभिभावकको निगरानी र नियन्त्रणभन्दा बाहिर हुने भएकाले अभिभावकलाई पनि उत्तिकै सचेत र प्रेरित गर्नुपर्छ । लागूऔषधको कारोबार तथा कुलतमा फसेकालाई निरुत्साहित गर्न प्रहरीले विशेष सक्रियता देखाउनुपर्छ । ओसारपसारमा पक्राउ परेका व्यक्तिलाई नै प्रयोग गरेर लागूऔषध कारोबारीसम्म प्रहरी पुग्न सकेमा यसको नियन्त्रण प्रभावकारी हुनसक्छ ।











