भलिबल उपाधि साथ भानु माविको भलिबल टिम ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगितामा पुरुषतर्फ भानु माध्यमिक विद्यालय प्रथम भएको छ भने महिलातर्फ बुद्धधर्म आधारभुत विद्यालय प्रथम भएको छ ।

शनिबार भएको फाईनल खेलमा भानुले शारदा माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुरुषतर्फको उपाधि हात पारेको हो । उपाधिसँगै भानुले नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै शारदा मावि द्वितीय हुँदै ६ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय रुपनारायण माविले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै महिलातर्र्फ बुद्धधर्म आधारभूत विद्यालयले रुपनारायण माविलाई ३–२ को सेटले पराजित गर्दै उपाधि हात पारेको छ । उपाधि हात पारेसँगै बुद्धधर्म आधारभुत विद्यालयले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय हुन सफल रुपनारायण माविले नगद ६ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय ज्वालादेवि माविले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

शनिबार पुरस्कार वितरण तथा समापन कार्यक्रम बंशगोपाल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पुडासैनीको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन, बंशगोपाल माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगर, शिक्षक, कर्मचारीको समेत उपस्थिति रहेको थियो ।