शालिकराम जम्कट्टेल ।

हेटौंडाः नेकपा माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन हुनुभएको छ । शनिबार काठमाडौंमा बसेको दलको बैठकले जमकट्टेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरिएको बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले जानकारी दिनुभयो ।

जमकट्टेलले यसअघिको प्रदेश सभामा संसदीय दलको नेताको भूमिका निर्वाह गर्नुभएको थियो । जमकट्टेल बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा तथा कानुन मन्त्रीको रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ भने वर्तमान प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री हुनुहुन्छ । माओेवादीभित्र प्रदेश संसदीय दलको नेताका लागि धेरै आकांक्षी देखिएपछि संसदीय दलको नेता चुन्नका लागि सकश भएको थियो ।

संसदीय दलको नेता आकांक्षी सरल सहयात्रीले संसदीय दलको नेता चयनका लागि प्रतिस्पर्धा हुन नसकेको भन्दै दुखेसो गर्नुभएको छ । सामाजिक सञ्जालमा छिर्के हानेर जितिएको भन्दै सहयात्रीले दुखेसो गर्नुभएको हो ।