हेटौंडाः ईन्द्रसरोवर गाउँपालिकाको प्रशासकीय भवनको बुधबार शिलान्यास गरिएको छ । पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको सभाध्यक्षता तथा प्रतिनीधि सभा सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यमा शिलान्यास गरिएको हो ।
५ तले भवन करिब १० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको ईन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिनुभयो । भवन २०८० साल असोज मसान्तसम्म निर्माण गरिसक्ने गरी निर्माण कम्पनिसँग सम्झौता भएको उहाँले बताउनुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले प्रशासकीय भवन निर्माण लगत्तै गाउँपालिकाको विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले गाउँपालिकाको सेवा प्रवाहमा राजनीतिक पूर्वाग्रहमा नराख्न अनुरोध गर्नुभयो । भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमा लामा, वडा अध्यक्ष, सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।