Home मुख्य समाचार संयुक्त बाल क्लब सञ्जालमा सुवेदी

संयुक्त बाल क्लब सञ्जालमा सुवेदी

हेटौंडाः हेटौंडा–४ स्थित पारिजातपथ टोल विकास संस्था र ओम शान्ति टोल विकास संस्थाका बालबालिकाको सहभागितामा संयुक्त बाल क्लब सञ्जाल गठन गरिएको छ । शनिबार बालबालिकाको भेलाले समृद्धि सुवेदीको अध्यक्षतामा सञ्जाल गठन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा प्रमित आचार्य, सचिवमा अनवेश कार्की, सहसचिवमा सुसन लामा, कोषाध्यक्षमा रेश्मा लामा र सहकोषाध्यक्षमा आस्ना कार्की चयन हुनुभएको छ । यस्तै सदस्यमा आर्यन ठाकुर, काव्या बानियाँ, नौमान अधिकारी, एन्जल भट्टराई र कृष्मा भोलन चयन हुनुभएको छ । यसअघि दुबै टोल विकास संस्थाले आफ्नो टोलमा बाल क्लब गठन गरेको थियो ।

बाल क्लब गठन कार्यक्रममा ओम शान्ति टोल विकास संस्थाका अध्यक्ष कमल सापकोटा, पारिजातपथ टोल विकास संस्थाकी अध्यक्ष सिर्जना पौडेल, सहसचिव सुमिता नकर्मी, सहकोषाध्यक्ष निशा केसी, सदस्य श्रीमाया लामा, सल्लाहकार दानबहादुर लामा, ज्योति नकर्मीको पनि उपस्थिति रहेको थियो । बालबालिकाको समग्र विकासका लागि उनीहरुको सहभागितामा टोल विकास संस्थाको समेत सहयोगमा आवश्यक कार्य गर्ने गरी संयुक्त बाल क्लब सञ्जाल गठन गरिएको पारिजातपथ टोल विकास संस्थाकी अध्यक्ष सिर्जना पौडेलले जानकारी दिनुभयो ।

Exit mobile version