Home मुख्य समाचार हेटौंडा बचतको बाल वनभोज

हेटौंडा बचतको बाल वनभोज

वनभोजमा सहभागी बालबािलकाहरु खाना खाँदै ।

हेटौंडाः हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २४ औं स्थापना दिवसको अवसरमा सहकारीमा आबद्ध बाल बचत सदस्यहरुका लागि बाल कार्यक्रमसहित आज आइतबार वनभोज आयोजना गरिएको छ । हेटौंडा १५ सल्लाघारीमा भएको वनभोजमा ८ सय ५० जना बाल बचतकर्ताहरुको सहभागिता रहेको छ ।

वनभोजमा बाल कार्यक्रमहरु पनि राखिएको छ । कार्यक्रममा हाजिरीजवाफ, घैटो फुटाई, म्युजिकल चियर लगायत संचालन भईरहेको छ । सहकारीमा जम्मा १ हजार ७ सय बाल बचतकर्ता रहेको सहकारीका हेटौंडा सेवा केन्द्र प्रमुख सुशील सुवेदीले जानकारी दिनुभयो । यस्तै, सहकारी संस्थाको स्थापना दिवसको अवसरमा भोली सोमबार संस्थाको कार्यालयमा बृहत रक्तदान कार्यक्रम रहेको छ ।

त्यसैगरी, मंगलबार एकै दिन सहकारी संस्थाको सदस्य बनेको दम्पतिलाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । यस वर्ष सहकारीमा ९२ जोडी एकै दिन सदस्य बनेका छन् । सहकारी संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा वनभोज गरिएको हो ।

Exit mobile version