गुगल तस्विर ।

हेटौंडाः मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा हेटौंडामा पुस १० गतेदेखि भलिबल प्रशिक्षण हुने भएको छ । हेटौंडाको हुप्रचौरमा हुने प्रशिक्षणमा महिला तथा पुरुष दुबैले सहभागिता जनाउन सक्ने मकवानपुर जिल्ला भलिबल संघका महासचिव तथा प्रशिक्षक सन्तोष श्रेष्ठले बताउनुभयो ।

प्रशिक्षणमा सहभागी हुन ५ सय रुपैयाँ आवेदन शुल्क तोकिएको श्रेष्ठले बताउनुभयो । आवेदन फर्म जिल्ला खेलकुद विकास समितिबाट प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो । मकवानपुरमा भलिबल खेलको विकासका लागि सबै स्थानीय पालिकासँग सहकार्य गरी प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।