Home मुख्य समाचार राहत वितरण गरेर फर्केका कटुवालको हृदयघातका कारण मृत्यु

राहत वितरण गरेर फर्केका कटुवालको हृदयघातका कारण मृत्यु

तस्वीरः गुगल

हेटौंडाः मकवानपुर जिल्लाको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा राहत वितरण गरेर फर्कँदै गरेका एकजनाको मृत्यु भएको छ । अन्दाजी ६० वर्षीय खड्ग बहादुर कटुवालको हिजो बिहिबार साँझ साढे ६ बजेको समयमा राक्सिराङ गाउँपालिकाको सिलिंगे भन्ने स्थानमा हृदयघात भई एक्कासी लडेर मृत्यु भएको हो ।
दिगो विकासका लागि एकता नेपालमा कार्यरत प्राविधिक कटुवाल धनकुटाकोक पाख्रिवासका स्थायीबासी हुनुहुन्थ्यो । राक्सिराङ ७ दामराङमा राहत वितरण गरी फर्कने क्रममा सिलिंगेमा हृदयघातका कारण मृत्यु भएको पूर्वसांसद गोविन्दराम चेपाङले बताउनुभयो । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार हिजो साँझ प्रहरीलाई जानकारी भएपछि घटनास्थलतर्फ प्रहरी गएको छ । आज बिहानसम्म प्रहरी घटनास्थलसम्म पुग्न सकेको छैन । मृतक कटुवालका परिवार पनि धनकुटाबाट आउँदै गरेकोले शव अझै घटनास्थलमै रहेको इलाका प्रहरी कार्याल्य मनहरीका हवलदार राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।

Exit mobile version