हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रस्थित बहुराष्ट्रिय कम्पनि एसियन पेन्टसले आफ्ना कर्मचारीलाई ट्राफिक नियमको विषयमा अभिमुखीकरण गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरसँगको सहकार्यमा २ सय ५० कर्मचारीलाई बुधबार अभिमुखीकरण गराएको हो ।

सुरक्षित यात्रा र ट्राफिक नियम पालना गर्ने विषयमा ट्राफिक प्रहरीले प्रस्तुती गरेका थिए । ट्राफिक नियम र सुरक्षित यात्राका लागि ध्यान दिनुपर्ने पक्षका विषयमा अन्तरक्रिया समेत गरिएको छ । ट्राफिक प्रहरीले ट्राफिक सचेतनाकै लागि विद्यालय, क्याम्पस, सवारी चालक, सर्वसाधारणलाई अभिमुखीकरण गराउने गरेको छ ।