हेटौंडाः हेटौंडा–१६, हटियास्थित रेडरोज इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा बाल क्लब गठन भएको छ । सोमबार विद्यालयको सभाहलमा आयुस दूतराजको अध्यक्षतामा बाल क्लबको २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
बाल क्लबको उपाध्यक्षतामा विवश तिमल्सिना, सचिवमा सृष्टि खतिवडा, सह–सचिवमा प्रकृति पौडेल, कोषाध्यक्षमा सम्राट घिमिरेसहित २० जना कार्यसमिति सदस्य चयन भएका छन् । विद्यालयमा बाल क्लब गठन भएपछि हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गराउन सहयोग पुग्ने विश्वास लिएको विद्यालयका प्रधानाध्यापक कैलाश धितालले जानकारी दिनुभयो ।











