कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको आयोजनामा जिल्लास्तरीय महिला भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ । भेलाले प्रतिमा गौतमको संयोजकत्वमा ३३ सदस्यीय जिल्ला महिला विभाग तथा गिता पौडेलको संयोजकत्वमा २५ सदस्यीय हेटौंडा नगर महिला विभाग गठन गरेको छ ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश कुमार बर्ताैलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ र बागमति प्रदेश सभा सदस्य भारती पाठकको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै, भेलमा हेटौंडा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, संगठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेल, निवर्तमान राष्ट्रिय समिति सदस्य पद्मा पौडेल, संगठन जिल्ला अध्यक्ष श्रीराम दहाल, सचिब मुकुन्द न्यौपाने, शिक्षक सहकारी अध्यक्ष सिताराम दहाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षक सेवा आयोगबाट सफल मावि शिक्षकहरुलाई सम्मान समेत गरिएको छ ।